नेपाल न्युज प्वाइन्ट डटकम
विपक्षीको अवरोधका बीच सभामुखले चलाए संसद् बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संसद अवरुद्ध गरेका छन् । 

प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई प्रश्नोत्तरमा सहभागी गराउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले रोस्टम घेराउ (वेल घेराउ) गरेपछि सदनको कारबाही प्रभावित भएको हो ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए ।

प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र संसदीय नियमअनुसार प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने अडान विपक्षी दलहरूको छ ।

तर विपक्षी दलहरूको नाराबाजीका बीच सभामुख डोलप्रसाद अर्यालले बैठक अगाडि बढाएका छन् ।

यसअघि आजै दिउँसो बसेको बैठकमा पनि विपक्षी दलहरूले सोही माग राखेर अवरोध गरेपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो । स्थगित बैठक पुनः सुरु भएपनि विपक्षी दलहरूको विरोध र नाराबाजी यथावत छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update