संसद्मा प्रधानमन्त्री खोज्दै विपक्षी दलको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं : विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् ।
बिहीबार विपक्षी दलहरूले हरेक महिनाको सुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद् बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन् ।
सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरूले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताए ।
विपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ १४:५१
प्रतिक्रिया दिनुहोस्


