नेपाल न्युज प्वाइन्ट डटकम
सभामुखबाटै संसद्को मर्यादा उल्लंघन : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले उक्त आरोप लगाएका हुन् ।

उनले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनका लागि विपक्षी दलहरूले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसद्को मर्यादा एक इन्च पनि तलमाथि गर्न नपाइनेतर्फ समेत ध्यानाकर्षण गराए ।

उनले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसद्को वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिँदा श्रम संस्कृति पार्टीका सांसदहरू कसरी अमर्यादित भए भन्दै प्रश्न समेत गरे ।

सचेतक राईले सरकारले संसद्को मर्यादाविपरीत काम गरिरहेको जिकिर पनि गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update