नेपाल न्युज प्वाइन्ट डटकम
निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने बनेका दुई विधेयक प्रस्तुत गरेकी छन् ।

मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’  प्रस्तुत गरेकी हुन् । ती विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ ७ गते बिहीबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update