प्रधानन्यायाधीश शर्माले लिए शपथ
काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई शपथ ग्रहण गराएका हुन् ।
शपथ समारोह प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।
आजै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३ १९:०१
प्रतिक्रिया दिनुहोस्


