नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

भोलि उनको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update