नेपाल न्युज प्वाइन्ट डटकम
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी, संसदीय सुनुवाइ मंगलबार

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ भोलि मंगलबार नै हुने भएको छ । 

संसदीय सुनुवाइ समितिले शर्माविरुद्धका उजुरीहरू मंगलबार खोलेर उजुरीकर्तासँग छलफल गर्ने र मंगलबार नै संसदीय सुनुवाइ गर्ने तयारी गरेको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले मंगलबार दिनभरमा सुनुवाइ सकिनेगरी तयारी थालिएको जानकारी दिए ।

शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले  शर्माविरूद्ध उजुरी आह्वान गरेको थियो ।

संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update