नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य तोलामा आठ सयले वृद्धि

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदी प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु पाँच हजार ४० निर्धारण गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update