घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलामा चार हजार पाँच सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा तीन सय ३० रुपैयाँले घटेर आज प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ १२:१५
प्रतिक्रिया दिनुहोस्


