नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीलाई हर्कले भने- ‘आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन’

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नै दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसद्को मर्यादा र संसदीय परम्परा विपरीत भएको बताए ।

उनले प्रधानमन्त्रीले संसद्‍मा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुनेपनि सांसदहरूले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताए । यदि प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित भएमा श्रम संस्कृति पार्टीले संसद् बहिष्कार गर्ने चेतावनी दिए । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताए । 

उनले देश विकास गर्न गफले मात्रै नहुने बताए । उनले सरकार लगायत सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए । उनले नीति तथा कार्यक्रममा सबै सांसदहरूको सुझाव समेट्नुपर्ने भएपनि एकलौटी ल्याइएको गुनासो गरे ।

नीति तथा कार्यक्रममा संसद्‍मा पर्याप्त छलफल हुन नसकेको उनको भनाइ छ । उनले नीति तथा कार्यक्रममा नीति र कार्यक्रमको बारेमा स्पष्टता नदेखिएको आरोप लगाए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update