नेपाल न्युज प्वाइन्ट डटकम
विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।

सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् ।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतिषनारायण जोशी सदस्य छन् ।

अब आयोगको अध्यक्षसहित चार सदस्यका लागि आवेदन आह्वान गर्ने छ ।  यसका लागि १५ दिने सूचना जारी गरिने उक्त मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update