सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा तीन सय रुपैयाँले बढेर तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३ ११:४३
प्रतिक्रिया दिनुहोस्


