नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पक्राउ

काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्  ।

स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बुधबार पक्राउ गरेको हो ।  

गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा  पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सिआइबीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update