सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी तोलामा १५ रुपैयाँले बढेर पाँच हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३ ११:४९
प्रतिक्रिया दिनुहोस्


