नेपाल न्युज प्वाइन्ट डटकम
कार्यविभाजन नियमावली र भूमिसम्बन्धी नियमहरू स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले कार्यविभाजन नियमावली र भूमि सम्बन्धी नियमहरू स्वीकृत गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका निर्णयहरु सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९’ को संशोधन प्रश्तावलाई समेत स्वीकृति प्रदान गरिएको बताए ।

बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानुनी प्रावधानलाई परिमार्जन गर्दै ‘भूमि सम्बन्धी २१औं संशोधन नियमहरू, २०८३’ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा दुई जना प्रतिनिधि सभा सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको छ । जसमा सांसद सुशील खड्का र सांसद योगेश गौचन थकाली रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update