एसइईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हो ।
एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एसइई परीक्षामा सबैभन्दा बढी जिपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।
जिपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जिपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।
२.४० देखि २.८० जिपीए ल्याउनेको संख्या ५५ हजार ९७७ रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३ २१:२६
प्रतिक्रिया दिनुहोस्


