नेपाल न्युज प्वाइन्ट डटकम
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सरकारले हालै विश्वविद्यालयभित्र क्रियाशील विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध विभिन्न आठ विद्यार्थी संगठन सर्वोच्च अदालत पुगेका थिए । 

अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहितका विद्यार्थी नेताहरूले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न अदालतले दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update