प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं : न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । संवैधानिक परिषद्को बिहीबारको बैठकले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टिमै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको एवं यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर गर्दै रिट पेस गरेका हुन् ।
उनीहरूले अहिलेसम्मको अभ्यास र परम्परा वरिष्ठतामा एक नम्बरमा रहेकालाई सिफारिस गर्ने रहेको दाबी गरेका छन् । वरीयतामा चौथोमा रहेका शर्मालाई सिफारिस गर्दा न्यायपालिका स्वतन्त्र नहुने र विकृति आउने दाबी गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३ १२:२६
प्रतिक्रिया दिनुहोस्


