सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १२० रुपैयाँले बढेर तोलामा पाँच हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी तोलामा पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३ १२:०८
प्रतिक्रिया दिनुहोस्


