नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस

काठमाडौँ  : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् ।  रोलक्रमको चौथो क्रममा रहेका उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्  ।

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update