नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं : संवैधानिक परिषद्को बैठक आज बस्दै छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बैठक बस्न लागेको हो । साँझ ५ बजे बस्ने बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको छ ।

सरकारले हालै प्रधानमन्त्रीसहित तीन जनाले समर्थन गरे परिषद्ले निर्णय लिनसक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने यसमा आपत्ति जनाइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update