११ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले ११ सहसचिवहरूको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय र अन्तर्गत कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
सरकारले गरेको सरुवा सूचीअनुसार प्रधानमन्त्री कार्यालयका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ भने सञ्चार मन्त्रालय अन्तर्गत रहेका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ ।
त्यस्तै, सञ्चार मन्त्रालय अन्तर्गत कार्यरत् चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत, प्रधानमन्त्री कार्यालयका अनिल कुमार दत्तलाई सञ्चार मन्त्रालय अन्तर्गत र अर्थ मन्त्रालय अन्तर्गतका रामदत्त भट्टलाई पनि सञ्चारमै सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची :

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३ १६:०९
प्रतिक्रिया दिनुहोस्


