नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची 'प्रधानन्यायाधीशको नियुक्ति सिफारिस' रहेको छ ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update