नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं : मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । 

हिजो मंगलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update