बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।
विभागले आज मुख्यमन्त्री बानियाँको काठमाडौंस्थित नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको हो ।
उनले अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार छापा मारेको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३ १४:३१
प्रतिक्रिया दिनुहोस्


