नेपाल न्युज प्वाइन्ट डटकम
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताको तस्तै अध्यादेश राष्ट्रपति समक्ष पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update