नेपाल न्युज प्वाइन्ट डटकम
गृहसचिव श्रेष्ठद्वारा सशस्त्रका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँः गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइ दिएका हुन् । 

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकाश पाएका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update