नेपाल न्युज प्वाइन्ट डटकम
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं : सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो ।

उनीविरूद्ध सम्पत्ति शुद्धीकरण कसुरमा ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

अदालतले बम्जनमाथि लगाइएको अभियोग नपुग्ने फैसला गरेको हो । उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update