राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३' जारी गरिएको हो ।
उक्त अध्यादेश २०८३ साल वैशाख १७ गतेदेखि लागू भएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३ २०:२०
प्रतिक्रिया दिनुहोस्


