जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ ।लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३ १९:१२
प्रतिक्रिया दिनुहोस्


