नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

मंगलबार सुन तोलामा दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी तोलामा ३० रुपैयाँले घटेर चार हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  । हिजो सोमबार चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update