सशस्त्र प्रहरीको आइजिपीमा नारायणदत्त पौडेल नियुक्त
काठमाडौं : सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआइजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो ।
बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आइजिपीमा नियुक्त गरेको सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १५:०९
प्रतिक्रिया दिनुहोस्


