पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पक्राउ गरेको हो ।
सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा उनलाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३ १९:०८
प्रतिक्रिया दिनुहोस्


