काठमाडौं : सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।
शुक्रबार उनीहरूले आफूहरूलाई न्याय दिनुपर्नेलगायतका माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले सुकुम्वासी आवासको हक सुनिश्चित गर, डोजर आतंक बन्द गर, यस्ता सरकार चाहिँदैन, आफूहरूलाई न्याय दे लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेको थिए ।
प्रदर्शनकारीहरूले निर्वाचन अघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाए आफू नै छाति थाप्न जाने आश्वाशन दिएका थिए । प्रदर्शनकारीहरूले सोही आश्वासन स्मरण गराउँदै आफूहरूको बस्तीमा आउन सभापति लामिछानेलाई पनि आग्रह गरिरहेका छन् ।
प्रदर्शनका प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरिएको छ । सरकारविरुद्धको सो प्रदर्शनमा जेनजी अभियन्ताहरूको पनि सहभागिता रहेको छ ।


