नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्रिपरिषद्को सिफारिसपछि रोकियो संघीय संसद् अधिवेशन

काठमाडौँ : सरकारले पूर्वनिर्धारित मितिमा बोलाइएको संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिको कार्यालयमार्फत उक्त अधिवेशन अघि नबढाइने व्यवस्था गरिएको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसका आधारमा वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका थिए । तर, त्यसपश्चात् सरकारतर्फबाट पुनः पठाइएको पत्रमा विशेष कारण उल्लेख गर्दै अधिवेशन सञ्चालन नगर्न अनुरोध गरिएको थियो ।

सरकारको पछिल्लो सिफारिसअनुसार अधिवेशन तत्कालका लागि रोकिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update