शेखर गोल्छा पक्राउ
काठमाडौं : प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
उनलाई काठमाडौं नारायण चौरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बताएको छ । सिआइबीबाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो ।
हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे सेयरमा इन्साइडर ट्रडिङ (भित्री काराेबार) गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएकाे बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३ १८:४३
प्रतिक्रिया दिनुहोस्


