नेपाल न्युज प्वाइन्ट डटकम
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । 

आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो । 

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भउको छ भने ५२९ चौपाया मरेका छन् । 

विपद्बाट रु ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान  छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । 

विपद्बाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौं उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update