संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको बैठकको सिफारिसमा संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ १९:१७
प्रतिक्रिया दिनुहोस्


