नेपाल न्युज प्वाइन्ट डटकम
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ ।

पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा अनुसन्धान प्रक्रियालाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिइएको छ । एमालेले गृहमन्त्रीसँग सम्बन्धित सबै विषयको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा गृहमन्त्री स्वयंले पनि अनुसन्धान प्रक्रियामा कुनै ढिलासुस्ती वा ढाकछोप नगरी सहयोग गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि मार्गप्रशस्त गर्न माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारी सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब बढ्दै गएको छ ।

एमालेले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्रीसँग जोडिएको प्रकरणले थप प्रश्नहरू जन्माएको र यसले सम्भावित अनियमितता तथा विसंगतिका तथ्य क्रमशः बाहिर आउने संकेत गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update