अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद
काठमाडौं : सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ ।
अनधिकृत पत्र लेखेर नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संरक्षक रेशम चाैधरीलाई थुनाउने विष्टलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय तोकिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले बिहीबार उनलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय तोकेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३ १४:३३
प्रतिक्रिया दिनुहोस्


