नेपाल न्युज प्वाइन्ट डटकम
६ शाखा अधिकृतको सरुवा

काठमाडौं : सरकारले ६ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८२ चैत ३० गते तीन र २०८३ वैशाख २ गते थप तीन गरी ६ जना शाखा अधिकृतको सरुवा गरेको सूची आज सार्वजनिक गरेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत गणेश घिमिरेलाई अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएको छ । 

जनकनन्दिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा ल्याइएको छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका केशवकुमार अधिकारीलाई पर्साको कालिकामाई गाउँपालिकामा पठाइएको छ भने सोही गाउँपालिकाका राज कुशवाहलाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ ।

यसैगरी, गणेशमान चारनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई धनुषाको जनकनन्दिनी गाउँपालिकामा सरुवा गरिएको छ ।

यस्तै, गृह मन्त्रालयका शाखा अधिकृत भुपाल खड्कालाई सल्यानको कुमाख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ ।

image-214-1776354173.png
image-215-1776354172.png
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update