१२८ जना नेपालीलाई युएईले दियो आममाफी
काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ ।
रमजानको अवसर पारेर युएईले १२८ जना नेपालीलाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार युएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका नेपालीलाई आममाफी दिएको हो ।
मन्त्रालयले आममाफीप्रति आभार व्यक्त गरेको छ । दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएको भन्दै मन्त्रालले यस कार्यको उच्च मूल्यांकन गर्ने बताएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ १८:१४
प्रतिक्रिया दिनुहोस्


