नेपाल न्युज प्वाइन्ट डटकम
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो।

निगमले राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँ का दरले मूल्यवृद्धि गरेको हो।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सयका दरले वृद्धि गरिएको छ। निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर छ का दरले वृद्धि गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर दुई सय १९ पुगेको छ। त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर दुई सय सात पुगेको छ।

खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर दुई सय ५७ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update