नेपाल न्युज प्वाइन्ट डटकम
सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीको भाडा

काठमाडौँ : सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो ।

यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको छ  ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update