नेपाल न्युज प्वाइन्ट डटकम
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।

हाल देउवा दम्पती विदेशमा छन् ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update