राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त थियो । तर मंगलबारको बैठकले एक जना मात्र नियुक्त गरेको हो ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२ १३:४३
प्रतिक्रिया दिनुहोस्



