नेपाल न्युज प्वाइन्ट डटकम
गोली चलाएर पिंगलास्थानबाट दुई जना पक्राउ

काठमाडौं : लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।

करिब एक किलो बढी लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनले भने, “विशेष सूचनाका आधारमा लागूऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुपर्‍यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०/३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।” पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update