नेपाल न्युज प्वाइन्ट डटकम
२८ सहसचिव, ८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए (सूचीसहित)

काठमाडौं : सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

जसअनुसार भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन् । ललिलतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती भरतपुर महानगरपालिकामा सरुवा भएका छन् । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाको अर्थमन्त्रालयमा सरुवा भएको छ ।

यस्तै ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दास आएकी छिन् । अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा भएको छ ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयहरुमा विभिन्न भूमिकामा रहेकाहरुको सरुवा गरेको हो ।

को कहाँ सरुवा भए ?

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update