ओली र लेखकलाई अब फेरि म्याद थपेर हिरासतमा नराख्न सर्वोच्चको परमादेश
काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको छ ।
सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै अब उनीहरुको म्याद नथप्न परमादेश जारी गरेको हो ।
ओली र लेखकविरुद्ध आइतबार मात्रै तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ १९:२६
प्रतिक्रिया दिनुहोस्



