काठमाडौंः कम्बोडियाबाट ७ जना नेपालीको उद्धार गरिएको छ । कम्बोडियामा बिनाभिसा अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएका ७ जनाको उद्धार गरिएको हो ।
उनीहरुलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा उद्धार गरी नेपाल फर्काइएको हो । अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना आएको र उनीहरुको पहिचान गरी नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले जनाएको छ ।
स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा ती केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरै जनाको गुनासो आएकाले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान समेत दूतावासले अनुरोध गरेको छ ।



